FAQs Complain Problems

सूचना तथा समाचार

  • दंगीशरण गाउँपालिकाले दंगीशरण घुम्न आउनको लागि सबैमा  निमन्त्रणा दिएको छ । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात १ जनवरी सन् २०२० को दिनमा दाङको चर्चित पर्यटन गन्तब्य बहाह क्षेत्र (बााह्रकुने) मा आयोजना भएको सुभारम्भ समारोह मार्फत अतिथिको स्वागत गर्न दंगीशरण गाउँपालिका तयार रहेको सन्देश दिइएको छ । 

    दंगीशरणमा रहेका चर्चित प्राकृतिक , सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको परिचय दिदैं थारु नृत्य सहित झांकी लिएर जनप्रतिनिधि , कर्मचारी तथा स्थानीयहरुको संयुक्त टोलीले दंगीशरणमा घुम्न आउनको लागि निमन्त्रणा दिएको हो ।

    थप विवरण तस्विरमाः

  • दंगीशरण गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरी उमेर हदको कारण अनिवार्य अवकास पाउनभएका सहायकस्तर पाँचौ कर्मचारी श्री ज्ञानबहादुर केसीको विदाई गरिएको छ ।

    विदित कर्मचारी केसी दंगीशरण गाउँपालिकाको २ नं. वडाको सचिव हुनुहुन्थ्यो ।  दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  श्री चन्द्रकान्त पौडेल , लेखा अधिकृत श्री सोमराज डाँगी एवं गाउँपालिकामा कार्यरत कर्मचारीहरुले माला , अविर , मायाको चिनो तथा कदर पत्र सहित विदाई गर्नुभएको थियो ।

     

  • दंगीशरण गाउँपालिकाले आज एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको छ । हेकुली स्वास्थ्य चौकी र गोल्टाकुरी स्वास्थ्य चौकीको लागि १/१ वटा एम्बुलेन्स गाउँपालिकाले प्रदान गरेको हो ।

    हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले अब दंगीशरणमा स्वास्थ्य समस्या बाट कोही पनि बञ्चित हुन नपर्ने बताउनु भयो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमाकुमारी वलीको उपस्थितीमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,  सबै वडाका वडाध्यक्षहरु सहित जनप्रतिनीधिहरु तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

    गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले संयुक्तरुपमा हेकुली स्वास्थ्य चौकीका प्रमुख टेकबहादुर खत्री तथा गोल्टाकुरी स्वास्थ्य चौकीका नि. प्रमुख प्रदिप योगीलाई एम्बुलेन्सको साँचो बुझाएर हस्तान्तरण गर्नुभएको थियो । दंगीशरण गाउँपालिका अन्तरगत रहेका सबै स्वास्थ्य संस्थाहरुमा अब १/१ बटा एम्बुलेन्स संचालनमा हुने स्वास्थ्य शाखाका संयोजक दशरथ गिरीले जानकारी दिनुभयो । तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • दंगीशरण गाउँपालिकाको कार्यालय र अन्तरगत पर्ने कार्यालयमा कार्यालयमा कार्यरत कर्मचारीहरुको संयुक्त आयोजनामा मिति २०७६ साल कार्तिक ३० गते शनिवार पर्यटकीय तथा धार्मिकस्थल बाह्रकुने तााल बराह क्षेत्रमा रमाईलो वनभोज कार्यक्रम सम्पन्न भयो । यस वर्ष समायोजन भएर दंगीशरणमा आउनुभएका नयाँ तथा पहिलेदेखी नै कार्यरत कर्मचारीवीचमा  नजिकबाट चिन्ने अवसर समेत मिलेको थियो ।

    वनभोज कार्यक्रमका थप तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस ।

Pages

//