सूचनाहरु
सूचना तथा समाचार
-
-
विविध कार्यक्रमको आयोजना गरेर दंगीशरण गाउँपालिकाले राष्ट्रिय तथा संविधान दिवस २०७६ मनाएको छ । दिवसको अघिल्लो दिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल सहित सबै वडा कार्यालय तथा शाखाहरुमा कार्यरत कर्मचारीहरुको सहभागितामा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो ।
संविधान दिवसको अवसरमा गाउँपालिकाको कार्यालय , वडा कार्यालयहरु तथा अन्य महत्त्वपूर्ण सार्वजनिक स्थानहरुमा दिपावली गरिएको छ ।
-
-
मिति २०७६ साल भाद्र १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले अट्वारी पर्वको अवसरमा मिति २०७६ साल भाद्र १५ गते आईतबार १ दिन दंगीशरण गाउँपालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
-
-
-
-
-
प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि यस आ.व. मा बेरोजगारहरुबाट प्राप्त आवेदनहरुको वडागत संख्या विवरण यसप्रकार रहेको छ ः
क्र.सं. वडा नं. आवेदन संख्या १ १ ३०८ २ २ ३६५ ३ ३ ६३० ४ ४ ५२५ ५ ५ ६३२ ६ ६ ९४० ७ ७ ४६२ जम्मा ३८६२ -