सूचनाहरु
नवनिर्वाचित जनप्रतिनिधिको स्वागत कार्य्रकम ।
दंगीशरण गाउँपालिकामा नयाँ नेतृत्वलाई आज एक कार्यक्रमका विच स्वागत गरिएको छ । आज एक कार्यक्रमका विच भर्खरै निर्वाचित भई आउँनुभएका दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पिमा कुमारी वली खड्का, वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी, वडा न. २ का वडा अध्यक्ष डम्वर खत्री, वडा न.३ का वडा अध्यक्ष सुकलाल चौधरी, वडा न. ४ का वडा अध्यक्ष कमल चौधरी, वडा न. ५ का वडा अध्यक्ष जिरज वस्नेत, वडा न. ६ का वडा अध्यक्ष रोसन जंग शाह, वडा न. ७ का वडा अध्यक्ष रेसम वली लगाएत वडा सदस्यहरुलाई स्वागत गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर खड्काले टिका माला लगाएर स्वागत कार्यक्रम अगाडि बढाउँनु भएको हो । साथै अध्यक्ष शम्भु गिरिले उपाध्यक्ष सहित सातै वडाका प्रतिनिधिहरुलाई सपथ ग्रहन गराउँनुभएकाे थियाे ।
जेठ,६