दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रकान्त पेडेलको नेतृत्वमा मिति २०७६/१/९ गते गाउँपालिकाको १ र २ नं. वडा कार्यालय अन्तर्गत पर्ने कार्यालयहरुमा भेटघाट तथा योजनाहरुको अनुगमन कार्य सम्पन्न भएको छ । सो क्रममा प्रमुख प्रशासकीय अधिकृत श्री पौडेलले वडा कार्यालयहरु तथा श्री प्रावि ठाँटी लगायतका स्थानमा पुगी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै सोको लागि गाउँपालिकाले साथ र सहयोग गर्ने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत सँगै शिक्षा विभागका शाखा अधिकृत विनोद अधिकारी , रोजगार संयोजक संतोष गिरी , अमिन विनिता गिरी , प्रेस संयोजक दिप्तीशिखा चौधरी लगायतको टोलिले भेटघाट तथा अनुगमन गरेको थियो ।
सूचनाहरु
सूचना तथा समाचार
-
-
दंगीशरण गाउँपालिकामा सरुवा भएर आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रकान्त पौडेललाई एक कार्यक्रमको आयोजना सहित स्वागत गरिएको छ । सोही अवसरमा भर्खरै समायोजन भई आउनुभएका लेखा अधिकृत श्री सोमराज डाङ्गी , खरिदारद्वय श्री प्रेम चौधरी तथा श्री दीपक केसी सहित रोजगार संयोजक श्री संतोष गिरीलाई सफल कार्यकालको शुभकामना सहित स्वागत गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्री भागीराम चौधरीको अध्यक्षता रहेको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्री पिमाकुमारी खड्का वली , वडाध्यक्षज्यूहरु लगायत जनप्रतिनिनिधिहरु , गाउँपालिकाका कर्मचारीहरू , विभिन्न विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।
-
-
-
-
-
-
-
-