FAQs Complain Problems

संविधान दिवसमा फुटवल प्रतियोगीता

दीप्तिशिखा चौधरी
दाङ, असोज ३ । दाङको दङ्गीशरण गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । संविधान दिवस २०७५ को उपलक्ष्यमा गाउँपालिकाले प्रभातफेरि, सरसफाई तथा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीको अध्यक्षता एवं प्रदेश सांसद उत्तरकुमार वलीको प्रमुख आतिथ्यतामा गाउँपालिकाको प्रांगनबाट सुरु भएको प्रभातफेरि बिरेन्द्र निम्न मा.वि हेकुलीको प्रांगनमा गएर कोणसभामा परिणत भएको थियो ।

सभापश्चात् भएको फुटवल प्रतियोगीतामामा कर्मचारी ३ का बिरुद्ध ५ गोलले विजयी भएका छन् । खेलको पहिलो हाफको १५ मिनेटमै कर्मचारी तर्फबाट क्याप्टेन प्रशित आचार्यले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभएको थियो ।

गाउँपालिकाका प्रवक्ता वीरबहादुर वलीको नेतृत्वमा मैदान उत्रिएको जनप्रतिनिधिको टिममाथि खेलको दोस्रो हाफको १० मिनेटमा फेरि पनि क्याप्टेन प्रशित आचार्यले थप १ गोल गरेर अग्रता दोब्बर पार्नुभएको थियो । जनप्रतिनिधिको टोलीले हार नमानी दोस्रो हाफको १५ औँ मिनेटमा जनप्रतिनिधिको तर्फ बाट सांसद उत्तर कुमार वलीले १ गोल गरी खाता खोल्न सफल हुनुभयो ।

खेलको २५ औं मिनेटमा सांसद वलीले फेरि पनि आकर्षक ढंगले थप १ गोल गर्नुभयो । बराबरीमा रहेको खेल २८ औं मिनेटमा कर्मचारी तर्फबाट यमप्रसाद नेपालीले थप १ गोल गर्दै कर्मचारीको टिमलाई विजयतर्फ अगाडि बढाउनुभएको थियो । खेलको ३२ औं मिनेटमा जनप्रतिनिधिबाट सुकलाल चौधरीले १ गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

खेलको ३५ मिनेटमा कर्मचारीबाट बिष्णुबहादुर क्षेत्रीले १ गोल गरेर टिमलाई अग्रता दिलाउनुभएको थियो । खेलको दोस्रो हाफको ४२ औं मिनेटमा कर्मचारीबाट अनन्त गौतमले फेरि १ गोल गरेर ५ गोलको अवस्थामा पुर्याउनुभएको थियो ।

आर्थिक वर्ष: