FAQs Complain Problems

भेटघाट तथा अनुगमन सम्पन्न

दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रकान्त पेडेलको नेतृत्वमा मिति २०७६/१/९ गते गाउँपालिकाको १ र २ नं. वडा कार्यालय अन्तर्गत पर्ने कार्यालयहरुमा भेटघाट तथा योजनाहरुको अनुगमन कार्य सम्पन्न भएको छ । सो क्रममा प्रमुख प्रशासकीय अधिकृत श्री पौडेलले वडा कार्यालयहरु तथा श्री प्रावि ठाँटी लगायतका स्थानमा पुगी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै सोको लागि गाउँपालिकाले साथ र सहयोग गर्ने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत सँगै शिक्षा विभागका शाखा अधिकृत विनोद अधिकारी , रोजगार संयोजक संतोष गिरी , अमिन विनिता गिरी , प्रेस संयोजक दिप्तीशिखा चौधरी लगायतको टोलिले भेटघाट तथा अनुगमन गरेको थियो ।

आर्थिक वर्ष: